मुक्तिनाथ विकास बैंक लिमिटेडले २०% हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 muktinath bikash bank
  • काठमाडौँ 
काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले २०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

बैंकले १ः०.२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्री प्रबन्धकमा भिबोर क्यापिटलाई तोकिएको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । 

हाल बैंकको चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्