सनराइज बैंक लिमिटेडको दुई थप शाखारहित बैंकिङ सेवा तनहुँको गजौडे र उदयपुरको जलजले बजारमा !

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ - सनराइज बैंकले दुई थप शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ सेवा थप गरेको हो ।

बैंकले ३४ औँ शाखारहित बैंकिङ सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले गरे ।

त्यस्तै ३५ औं शाखारहित बैंकिङ सेवाको उद्घाटन त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा गरे ।

प्रतिकृया दिनुहोस्