सिद्धार्थ बैंकको सम्पूर्ण शाखाबाट जनरल इन्स्योरेन्सको बीमा सेवा पाईने !

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल हस्ताक्षर गरेका हुन् ।

सहमति भएसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिकृया दिनुहोस्