नेपाल इन्भेष्टमेन्ट बैंकको शुक्रबारदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

 nepal investment bank
  • बैंकिङ संसार
काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबारदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नक्साल र नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट आवेदन दिन पाइनेछ । साथै, सी–आस्वाको माध्यमबाट पनि भर्न सकिनेछ ।

यो ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार २२ गतेसम्म भर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस्