स्वदेशी लघुवित्त वित्तीय संस्थाका १७ शाखा प्रबन्धकले पाए व्यवसाय प्रबद्र्धन तथा बीमा अभिमुखीकरण तालिम...!

 swadeshi laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ - स्वदेशी लघुुवित्त वित्तीय संस्थाले १७ जना शाखा प्रबन्धकलाई व्यवसाय प्रवद्र्धन तथा बीमा अभिमुखीकरण तालिम दिएको छ । लघुवित्तले लमही तथा नौबस्ता क्षेत्र अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रबन्धकहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि तथा बीमा सम्बन्धी पुुनर्ताजकिकरण गर्ने उद्देश्यले सम्पन्न तालिममा सहभागीहरुले कर्जा प्रवाहसँग सम्बन्धित कानुुनी व्यवस्था तथा ध्यान दिनुुपर्ने कुुराहरु, धितो मुुल्यांकन, गुुणस्तरीय कर्जा लगानी साथै वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, ग्रामीण बीमा एवम् अन्य बीमाहरुको बारेमा जानकारी हासिल गरेका छन् ।

लघुुवित्त मार्फत ग्रामीणस्तरसम्म लघुुबिमाको पहुुँच बिस्तार गर्न सहज हुुने हुुँदा लघुवित्तका कर्मचारीहरुलाई तालिम प्रदान गर्नुपरेको संस्थाका कार्यकारी प्रमुख गोविन्द चापागाईँले बताए । उनले तालिममा सहभागी शाखा प्रबन्धकहरुलाई तालिममा सिकेका कुुराहरु व्यवहारमा लागुु गर्न, सुुरक्षित एवं गुुणस्तरीय कर्जा लगानीमा जोड दिई व्यवसाय विस्तार गर्न र लघुबिमाको पहुँचलाई थप विस्तार गर्न निर्देशन समेत दिए ।

संस्थाले देशै भरी रहेका शाखा कार्यालयका शाखा प्रमुुखहरुलाई यस्तो तालिम प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्