प्रोग्रेसिभ फाइनान्सको साधारण सभा असार २९ मा, यस्ता पेस हुने प्रस्तावहरु

 Progressive Finance
  • बैंकिङ संसार 
काठमाडौं - प्रोग्रेसिभ फाइनान्सको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असार २९ गते हुने भएको छ । सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, लालितपुर महानगरपालिका दिउँसो १२ः३० बजे हुनेछ । सभा प्रयोजनका लागि असार ५ देखि २९ गतेसम्म बुक क्लोज हुनेछ । तसर्थ, असार ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

यस्तै कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारण सभा गर्न लागेको हो । सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३/३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । साथै प्रबन्धपत्र संशोधन गर्ने र अन्य उपयुक्त संस्था गाभ्ने÷गाभिने सम्बन्धी कार्य गर्नुपरेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

यता, फाइनान्सको लगानीकर्ताको हात यसपालि पनि खाली हुने भएको छ । वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । फाइनान्सले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।



प्रतिकृया दिनुहोस्