सांग्रिला डेभलपमेन्ट बैंकको 'प्रोडक्ट थिम' चोरी प्रकरण : यति पनि थाहा रहेनछ ब्राण्डिङ हेर्ने रवि सरलाई ?

 Shangrila Development Bank

काठमाडौँ । संस्थागत सुशासनको अभावदेखि सीइओका कारणसमेत पटक पटक विवादमा आएको बैंक सांग्रीला डेभलोपमेन्ट बैंक पछिल्लो समय बैंकले ल्याएको प्रोडक्टका कारण पुन: विवादमा तानिएको छ । बैंकले ल्याएको 'बचत पनि, बीमा पनि' नामको प्रोडक्टलाई लिएर बैंक विवादमा तानिएको हो । यसअघि नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो प्रचारात्मक सामाग्रीमा 'बचत पनि जीवनबीमा पनि' नामको प्रोडक्ट थीम प्रयोग गरेको थियो । अहिले नेपाल लाइफको सो थीममा 'जीवन' भन्ने शब्दमात्र हटाएर सांग्रीलाले 'बचत पनि, बीमा पनि' राखेर प्रोडक्ट ल्याएको छ । अहिले उनी सांग्रिलामा कर्पोरेट कम्युनिकेसनमा आएका छन् । उनी आउने बित्तिकै सार्वजनिक भएको यस्तो 'चोरीको प्रोडक्ट थिम'ले बैंकलाई झन् बदनाम बनाउँदै गएको छ । यस विषयमा हामीले बैंकको कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टका रवि केसीसँग कुराकानी गरेका थियौं ।

तर हामीसँगको कुराकानीमा उनलाई ट्रेडमार्क वा पेटेन्ट सम्बन्धि जानकारी नरहेको पाइयो । हामीसँगको कुराकानीमा उनले यसरी प्रयोग हुने प्रोडक्ट थिम वा शब्दको कपीराइट नहुने बताए । जवकी कुनै पनि प्रोडक्टको थिम उद्योग विभाग अन्तर्गत सम्पत्ति प्रमाणीकरण शाखामा दर्ता हुने गरेको छ । उदाहरणका लागि रिलायन्स लाइफ इन्स्योरेन्सले 'खुलेर जिऔं' भन्ने शब्द आफ्नो नाममा ट्रेडमार्क दर्ता गरेको छ । अझ हामीले गरेको ३ नम्बरको प्रश्न त उनले बुझ्दै बुझेनन् । हामीले संस्थागत सुशासन कमजोर भएको बैंकमा जस्तो प्रोडक्ट ल्याए पनि चल्छ र ? भनेर सोधेका थियौं । उनले त 'शब्दले बैंक कमजोर हुन्छ र ?' भन्दै गैरप्रसङ्गको उत्तर पो दिए ।   

हेर्नुहोस् उनीसँगको यो कुराकानी :
प्रश्न-१ : बचत पनि, बीमा पनि भन्ने प्रोडक्ट थीम राखेर तपाईंले नयाँ प्रोडक्ट ल्याउनुभएछ, नेपाल लाइफले 'बचत पनि, जीवन बीमा पनि' भनेर ल्याएको थियो केहि समय अगाडी नै ! यो त चोरी भएन र ?
उत्तर : शब्दको कपिराइट हुँदैन नि ! जस्तो समृद्धि भन्ने शब्द कसको हो, भन्नुहोस् त ! 

प्रश्न-२ : एनआइसी एशिया बैंकमा काम गरेको मान्छे भएर पनि यो 'पनि-पनि' शब्द जोडेको हो कि ? 
उत्तर: त्यस्तो होइन । जस्तो समृद्धि भन्ने प्रोडक्ट अहिले कतिको छ हेर्नुहोस् त । समृद्धि भनेको त एनआइसी एशिया बैंकले ल्याएको हो नि त सुरुमा । शब्दको कपिराइट हुँदैन । हाम्रो प्रोडक्टमा शब्द जोडिन गएको मात्र हो । हाम्रो प्रोडक्टमा बीमा पनि छ, बचत पनि छ । त्यहि भएर त्यस्तो राखिएको हो। यो सजिलोको लागि यस्तो गरेको हो । 

प्रश्न-३ :नेपाल राष्ट्र बैंकले केहि समय अगाडी नेपाल इन्सपेक्सनका क्रममा सांग्रिला डेभलोपमेन्ट बैंकमा संस्थागत सुशासन सम्बन्धि समस्या छ भनेर लेखिदिएको छ । यस्तो बेला तपाईंले जस्तो प्रोडक्ट ल्याए पनि जनताले पत्याउलान् र ?
उत्तर : शब्दका कारण कसरी बैंक कमजोर हुन्छ र ? हामी सक्षम छौं । सबैले हामीलाई विश्वास गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् :

प्रतिकृया दिनुहोस्