देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकको साधारण सभा असार १२ मा, ‘प्राप्ति गर्ने प्रस्ताव पारित गरिने’

 deva bikas bank
काठमाडौं - देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने एजेन्डा पारित गर्न असार १२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । देवः ले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा वेष्टर्नलाई एक्वायर गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

देवः को साधारण सभा नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाका लागि असार ६ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस पाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । बैंकले एक्विजिसन प्रक्रियामा नियामक निकायले दिएको निर्देशन बमोजिम काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव लैजानेछ । 

यस्तै वेष्टर्नले पनि असार १२ गते नै वार्षिक साधारण सभा गर्ने भएको छ । सभाबाट एक्विजिसन सम्बन्धी प्रस्ताव र १ः१ सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा रहेको छ । वेष्टर्नले संस्थापक हिस्सा ५५.१७ प्रतिशत बाट घटाएर ५१ प्रतिशतमा सीमित गर्ने र गत आर्थिक वर्षको नाफाबाट १४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्