ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, १ सय ४८ स्थानमा एटिएम सेवा...!

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्साको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वतको मोदीगाउँपालिका – ७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पाको पुर्वखोलागाउँपालिका – ५ वीरकोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

यसका साथै बैंकले गुल्मीको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्गको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्मबेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ ।

यस्तै बैंकले तनहूँको व्यास नगरपालिका – ५ नेपालटार, चितवनको इच्छा कामना गाउँपालिका– ७ भालुमारे, चितवनकै कालिका नगरपालिका – ९ शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । थप १७ सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ ।

यसका साथै बैंकले दमक शाखा, काठमाडौं कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि, सम्पर्क कार्यालयहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस्