आरम्भ माइक्रोफाइनान्स र चौतारी लघुवित्त वित्तीय संस्था गाभिने, चुक्ता पूँजी २४ करोड ६० लाख पुग्ने

aarambha chautari laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स र रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । यी दुबै लघुवित्त एक बराबर एक अनुपातमा शेयर स्वाप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने बताइएको छ। 

संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ भने नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चौतारीका लक्ष्मण घिमिरे रहनेछन्। 

चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । त्यस्तै आरम्भ माइक्रोफाइनान्सले १६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

आरम्भ माइक्रोफाइनान्सको आईपिओ निष्काशनपश्चात चुक्ता पूँजी ६ करोड र चौतारी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १८ करोड ६० लाख रहेको छ । एकीकृत संस्थाको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ।

केही समय अघि आईपिओ निष्काशन गरेका दुबै कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भईरहेको छ । नेप्सेमा जेठ २१ गते मंगलबार आरम्भको शेयर प्रतिकित्ता ५२९ रुपैयाँ र चौतारीको ४४२ रुपैयाँमा कारोबार छ ।

प्रतिकृया दिनुहोस्