एनआईसी एशिया बैंक र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट बीमा पोलिसी खरिद गर्न सकिने !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्