एनआइसी एशिया बैंक र भारतको एपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौं - एनआइसी एशिया बैंक लिमिटेड र भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकका साथै बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे।

हालसम्म बैंकले देशभर २ सय ८४ शाखा २ सय ९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना करिब १६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्