कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा असार २७ मा, यस्ता छन् पेस गरिने एजेन्डाहरु !

 corporate development bank
  • बैंकिङ संसार
काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा असार २७ गते हुने भएको छ । सभा बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे हुनेछ । बैंकले असार ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने जनाएको छ ।

यस्तै बैंकले सभामा २०७४र७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा लैजाने भएको छ । साथै लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । बैंकले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।

प्रतिकृया दिनुहोस्