नेपाल राष्ट्र बैंकले ५ अर्ब १३ करोड रुपैयाँको 'ट्रेजरी बिल' बिक्री गर्ने, आजै अपराह्न ३ बजे बोलकबोल !

 nepal rastra bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुनेछ । 

केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल भदौ १७ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ जेठ २० गते परिपक्क हुनेछ ।

प्रतिकृया दिनुहोस्