भिमदत्त नगरपालिका परिसरभित्र कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

 kanchan development bank
  • बैंकिङ संसार 
काठमाडौं - कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भिमदत्त नगरपालिकाको परिसरभित्र एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

अब भिमदत्त नगरपालिकाका सेवाग्राहीहरुले तिर्नुपर्ने सम्पुर्ण कर तथा शुल्कहरु यसै एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्न सक्नेछन् । यसका साथै सम्पुर्ण बैंकिङ्ग सुविधाहरु पनि यसै काउण्टर मार्फत ग्राहक वर्गहरुले उपभोग गर्न पाउने छन् ।

प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ७ शाखा, २ एक्सटेन्सन काउण्टर कैलालीमा ७ शाखा, १ एक्सटेन्सन काउण्टर र डडेल्धुरामा १ गरि कुल १५ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् । दुई महिना भित्र डोटी र बैतडीमा दुई शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्