शाखा विस्तारमा अघि बढ्दै प्रभु बैंक, एकैसाथ २ नयाँ शाखा सञ्चालनमा

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ - प्रभु बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा उद्घाटन गरेको छ ।

सोमबार एकै साथ २ वटा नयाँ शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको हो । काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
त्यसैगरी, दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्