मोटो पैसा तिरेर 'को बन्छ करोडपति'को सेटमा पुगेका सिभिल बैंकका सीइओलाई लिएर कार्यक्रम पुन: विवादित !

 CIVIL BANK
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ-  सिभिल बैंकले प्रायोजन गरेको कार्यक्रम 'को बन्छ करोडपति'मा सिभिल बैंकका सीइओलाई प्रस्तुत गरियो । उनी कुनै कलाकार वा सेलिब्रेटी भएर होइन, बरु कार्यक्रममा मोटो रकमको प्रायोजन गरिदिएका कारण उक्त सेटसम्म पुगेका थिए । अझ कार्यक्रम निर्माण युनिटले कतिसम्म चलाखी गर्यो भने सिभिल बैंकका सीइओमात्र लैजाँदा सो एपिसोड फ्लप हुने देखेपछी हास्यकलाकार सन्दीप क्षेत्रीलाईसमेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

यसअघि नै एक करोडको प्रश्नलाई लिएर विवादित बनेको कार्यक्रम सिभिल बैंकका सीइओलाई लिएर पुन: विवादित बनेको छ । यसै पनि प्रायोजकलाई कार्यक्रममा खेलाउनु गलत भएको टिप्पणी धेरैले गरेका छन् भने त्यसमाथि पनि बैंकको सीइओलाई बैंकसम्बन्धि सामान्य प्रश्न सोधेर कार्यक्रमले जग हँसाउने काम गरेको छ । कार्यक्रम सोमबारदेखि सकिएको छ । कार्यक्रमको पहिलो सिजन सकिने बेलामा प्रायोजकलाई खेलाइएको हो । 

स्मरण रहोस् सिभिल बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर बैंक हो । राम्रो काम गरेर बैंकलाई अगाडी बढाउनुको सट्टा सीइओ साप नै आफ्नो प्रचारमा दौडिएको भन्दै सामाजिक संजालमा समेत चर्चा भइरहेको छ । 

प्रतिकृया दिनुहोस्