भरतपुर मिलनचोकमा पुग्यो गरिमा विकास बैंकको शाखा, ज्ञानप्रसाद खनाल र चन्द्रकान्त बरालले गरे उद्घाटन !

 garima bikash bank
  • बैंकिङ संसार
काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मिलनचोकमा शाखा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको चितवनमा बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न उत्प्रेरित भैरहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोे जानकारी दिए ।

प्रतिकृया दिनुहोस्