कैलालीका हावाहुरी पिडितलाई जनता बैंकद्धारा आर्थिक सहयोग

 janata bank
  • बैंकिङ संसार 
काठमाडौं - कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्