जनता बैंकले खोल्यो एकैसाथ ६ नयाँ शाखा, १ सय ३५ स्थनामा पुग्यो शाखा सञ्जाल !

 janata-bank
  • बैंकिङ संसार 
काठमाडौं - जनता बैंक नेपालले एकै साथ ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको उद्घाटन गरी कारोबार शुरु गरेको हो । बैंकले भक्तपुरको नयाँ ठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरेको हो ।

उक्त नयाँ शाखाहरुको उद्घाटन मन्थली शाखाको मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले गरे ।

यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविरपनि संचालन गरिएको बैंकले जनाएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

हालसम्म संस्थाले १ सय ३५ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्