नेपाल बैंकको नयाँ शाखा दाङ्गको तुलसीपुरमा विस्तार, घनश्याम पाण्डे र प्रकाश कुमार अधिकारीद्धारा उद्घाटन !

 nepal bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल बैंकले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंक लिमिटेडका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का।मु।सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध गराउने प्रतिवद्धता गरे ।

त्यस्तै नेपाल बैक लिमिटेड प्रादेशिक कार्यालय ५ नम्बरका प्रमुख पासांग दोर्जी शेर्पाले बैंकसंग उच्चतम सुरक्षा र प्रतिफलसहितको निक्षेपसेवा, विभिन्न उद्यम व्यवसाय संचालन निम्ति कर्जा सेवा, सरकारबाट निर्दे्शित विभिन्न सहुलियतपुर्ण कर्जा सेवाको प्याकेज रहेकोले यी सेवाको उपयोग गरि लाभान्वित हुन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्