झुटो प्रचार गर्दै सांग्रीला डेभलोपमेन्ट बैंक, बीमा समिति भन्छ, 'सांग्रीलासँग बैंकास्योरेन्सको लाइसेन्स छैन'

SHANGRILA DEVLOPMENT BANK

बैंकिङ संसार । नेपालमा हुँदै नभएको 'बैंकास्योरेन्स' भयो भनेर सांग्रीला डेभलोपमेन्ट बैंकले झुटको खेती गरेको पाइएको छ । बैंकले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै मिडियाहरुमा प्राइम लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स भयो भनेको छ । प्राइम लाइफसँग लिएको सामान्य संस्थागत एजेन्टको विषयलाई बैंकास्योरेन्स भन्दै जनताको आँखामा छारो हाल्ने प्रयास गरिएको छ । बैंकहरुलाई बीमा समितिले संस्थागत एजेन्टको रुपमा काम गर्न मात्रै अनुमति दिएको छ । नेपालमा बैंकास्योरेन्स सम्बन्धि कुनै पनि कानुन बनेको छैन भने प्रस्तावित बीमा बिधेयकमा भने यो कुरा आउन लागेको छ । तर कानुन नै नभएको विषयको हवाला दिंदै जनतालाई झुटको खेती गर्ने प्रयास सांग्रीलाले गरेको पाइएको छ ।
कस्तो सम्झौता भएको हो सांग्रीला र प्राइमबीच ?
प्भराइम र सांग्इरिलाबीच भएको सम्झौता भनेको सांग्रीलाले संस्थागत एजेन्टको काम गर्ने हो । बैंकले यहि लाइसेन्स पाएको हुन्छ । यो सम्झौतापछी सांग्रीलाले प्राइमलाइफको पोलिसी आफ्ना ग्राहकहरुलाई बेच्न पाउँछन् । तर यो 'बैंकास्योरेन्स' होइन । सांग्रीलाले 'बैंकास्योरेन्स'का लागि कुनै पनि लाइसेन्स पाएको छैन । कतिले नबुझेर, कतिले नजानेर, कतिले कम ज्ञान भएर त कतिले बढी जान्ने भएर यस्तो सम्झौतालाई 'बैंकास्योरेन्स' भनिरहेका छन् । तर यो तथ्य बाहिर आइसकेपछि पनि सनराइज बैंकले 'हामीभन्दा जान्ने को नै छ र ?' भन्ने शैलीमा बैंकास्योरेन्सको हौवा पिटाउने काम गरेको छ । 

के भन्छ बीमा समिति ?
यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल नेपालमा बैंकास्योरेन्स सम्बन्धि कुनै पनि कानुन नभएको दावी गर्छन् ।‘अहिलेसम्म नेपालमा 'बैंकास्योरेन्स'को इजाजत कसैलाई पनि छैन । नबुझेर सबैले 'बैंकास्योरेन्स' भनी प्रचार प्रसार गरिएको पाइएको छ ।' उनले भने, 'नेपालमा अहिले बैंकास्योरेन्सको कुनै पनि कानुन छैन ।' यता बीमा समितिका अन्य पदाधिकारी पनि कुनै पनि बैंकलाई बैंकास्योरेन्सको इजाजत नभएको बताउँछन् । 'सांग्रीला डेभलोपमेन्ट बैंकसंग बैंकास्योरेन्सको लाइसेन्स छ त ?' भन्ने हाम्रो प्रश्नमा बीमा समितिका अधिकारी भन्छन्, 'छैन । सांग्रीलामात्र होइन, कसैलाई पनि बैंकास्योरेन्सको लाइसेन्स दिइएको छैन ।'    

प्रतिकृया दिनुहोस्