सिद्धार्थ बैंकको सम्पूर्ण शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ - सानिमा लाईफ इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि.बीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । 
सोमबार कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्