ठमेलमा कामना सेवा विकास बैंकको नयाँ शाखा बिस्तार, कुल शाखा संख्या ८७ पुग्यो !

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस्