सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको गल्छी शाखाद्धारा ‘खोलौँ खाता अभियान’ सम्पन्न

 sangrila development bank
  • बैंकिङ संसार 
काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंकको धादिङस्थित गल्छी शाखाले खाता खालौँ नामक घरदैलो अभियान सम्पन्न गरेको छ । बैंकले आफ्नो सेवा सुविधाको बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले साताव्यापी कार्यक्रम सम्पन्न गरेको हो । शाखा प्रमुख गौरव काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रमअन्तर्गत हालसम्म बैंक खाता नखोलेका नागरिकता भएका सर्वसाधारणको निशूल्क रुपमा शून्य मौज्दातमा खाता खोलिएको छ ।

बैंकले देशभर छरिएर रहेका ८७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, माबवाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ । अनुभवी र योग्य कर्मचारीहरु भएकाले सम्मानपूर्वक बैंकिङ सेवा लिनका लागि सांग्रिला डेभलपमेन्ट बैंक उपयुक्त हुने शाखा प्रमुख काफ्लेको तर्क छ ।

जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले नेपाल सरकारको खोला बैंक खाता अभियान २०७६ अन्तर्गत रहेर साग्रिला डेभलपमेन्ट बैंकले बभिन्न शाखाहमार्फत खोलौ खाता अभियान सञ्चालन गरिरहेकोे छ ।

प्रतिकृया दिनुहोस्