मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायिक साक्षरता तालिम सम्पन्न, ४२ जना व्यवसायी लाभान्वित

  • बैंकिङ संसार 
काठमाडौँ - मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले व्यवसायिक साक्षरता तालिम सम्पन्न गरेको छ ।

“आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले काठमाडौँमा सम्पन्न एक दिने तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसँग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकिङ्ग ट्रेनिङ इन्स्टिच्युटले सहजीकरण गरेको तालिममा उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंकले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुलाई व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धिका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्