प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गर्ने !

 prime commercial bank
  • बैंकिङ संसार 
काठमाडौं - काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले झापामा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैंकलाई एक्वायर गर्ने भएको छ । एक्विजिसन सम्बन्धी सैद्धान्तीक सहमति पत्रमा बुधबार (आज) साढे २ बजे प्राइमको केन्द्रीय कार्यालयमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।

यसअघि प्राइमले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भाँडिएको थियो । सम्झौता भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिना भित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । हाल ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रतिकृया दिनुहोस्