सगरमाथाको फेदमा कुमारी बैंक लिमिटेडको एटीएम काउन्टर विस्तार, पर्यटक तथा स्थानीयलाई आर्थिक कारोबार सहज

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं - कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथाको फेदमा एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिंगबोचेमा एटीएम सुविधा सुचारू गरेको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिंगबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर (चार हजार चार सय दश मिटर) उचाइमा अवस्थित उक्त एटीएम देशकै सबैभन्दा उँचाइमा रहेको एटीएम हो ।

उक्त उद्घाटन समारोह बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ बासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा सम्पन्न गरेका हुन् । खुम्बु क्षेत्रका पदमार्गी पर्यटकलगायत स्थानीय बासिन्दालाई नगद बोकेर हिँड्ने झन्झटबाट मुक्ति दिलाउँदै कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटीएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ । 

हालसम्म बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, तीन वटा एक्स्टेनसन काउन्टर लगायत ३ वटा शाखारहित इकाइमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्