सनराइज बैंक लिमिटेडले मुलपानीमा खोल्यो नयाँ शाखा, १ सय ७ स्थानमा पुग्यो शाखा सञ्जाल

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौँ - सनराइज बैंकले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी शाखा संख्या १०७ वटा पुगेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्