मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता

 muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - मुक्तिनाथ विकास बैंक लि. र आइएमई पेबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्