सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा विस्तार, पनौती शाखा स्थानान्तरण !

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौं - सनराइज बैंकले गोदावरी स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन गोदावरीे नगरपालिकाका मेयर हरि सिंह साउद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संयुक्त रुपमा गरे ।

सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थितीमा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरे ।

त्यस्तै, बैंकले डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६औँ शाखा रहित बैंकिङ्गको पनि उद्घाटन गरेको छ । वडा अध्यक्ष चक्र बहादुर देउवाले उक्त शाखारहित बैंकिङको उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्