जनसेवी लघुवित्त वित्तीय संस्थाले वैशाख २७ देखि ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्री गर्ने

 Jana Sewi Laghubita Bittiya Sanstha
  • बैंकिङ संसार 
काठमाडौं - जनसेवी लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ बिक्री गर्ने भएको छ । जसमा २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । लगानीकर्ताले उक्त संस्थाको आइपीओमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाको माध्यमबाट सेयर भर्न सकिनेछ । 

यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । संस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरको छ । 

यस्तै, आव २०७६/७७ मा ३ करोड २० लाख र आव २०७७/७८ मा ५ करोड ५१ लाख रुपैयाँ कमाउने अनुमान छ । 

प्रतिकृया दिनुहोस्