ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

global ime bank
  • बैंकिङ संसार
काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद जारी गर्ने भएको छ। संस्थाले नेपाल धितोपत्र बोर्डसँग १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

उक्त संस्थाको हकप्रद सेयर बिक्री प्रबन्धकको काम ग्लोबल ग्लोबल आइएमइ क्यापिटलले गर्ने भएको छ । 

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल  संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यो पुँजीमा १००% हकप्रद जारी पछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्