एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाउने

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौँ - एनआईसी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् । हाल बैंकको ग्राहक संख्या करिब १६ लाख रहेको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्