जनता बैंक नेपाल पनि अर्बपति सूचीमा, खुद नाफा ६०.५६% ले वृद्दि गरी कमायो १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ

janata bank
  • बैंकिङ संसार
काठमाडौं - जनता बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अर्बपतिको सूचीमा उक्लिन सफल भएको छ। यस अवधिमा बैंकले खुद नाफा ६०.५६% ले वृद्धि गरी १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष सोहि अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

जनताको चैत मसान्तसम्ममा ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आर्कषक वृद्धि भएको छ।  

बैंकको खुद ब्याज आम्दानी र  सञ्चालन नाफा क्रमश ४६.६३% ५६.२८% ले बढेको छ। खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ पुर्याएको छ भने १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ जम्मा गरेको छ। प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्