समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

 samata laghibitta
  • बैंकिङ संसार 
काठमाडौ - समता लघुवित्त वित्तीय संस्थाले हकप्रद जारी गर्ने गर्ने भएको छ । संस्थाले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई तोकिएको छ । संस्थाले हालै वितरण गरेको ६.६६ प्रतिशत बोनस सेयरपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि चुक्ता पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्