नेपाल राष्ट्र बैंकले ३ अर्ब ९१ करोड रुपैयाँको 'ट्रेजरी बिल' बिक्री गर्ने, अपरान्ह ३ बजे बोलकबोल हुने...!

nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आजै अपरान्ह ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब ९१ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल साउन २१ गते परिपक्क हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ वैशाख २३ गते परिपक्क हुनेछ ।

प्रतिकृया दिनुहोस्