राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट रेमिटेन्स सेवा पाइने

 rastriya banijya bank

  • बैंकिङ संसार 
काठमाडौँ - सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटेन्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

जेठ ६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।

प्रतिकृया दिनुहोस्