कुमारी बैंक लिमिटेड पनि अरबपतिको सूचीमा, खुद नाफा ३६.२५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३२ लाख ८९ हजार पुर्यायो

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं - कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक अरबपतिको सूचीमा उक्लिएको छ । उक्त अवधिमा बैंकले १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा ३६.२५ प्रतिशतले बढी हो । बैंकले गत वर्ष ७३ करोड ६३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकले खुद ब्याज आम्दानी ६०.६६ प्रतिशतले बढाएर २ अर्ब २३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ३९.८५ प्रतिशतले बढाएर १ अर्ब ४२ करोड ८६ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म बैंकले ६९ अर्ब ४ करोड ५९ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ५९ करोड ८८ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २ अर्ब १६ करोड ३७ लाख ५ हजार रुपैयाँ राखेको छ । 

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसाले बढेर १८ रुपैयाँ ६७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्