अरुले मान्नैपर्ने ग्लोबल आइएमइले नमानेपनि हुने नेपाल राष्ट्र बैंकको कस्तो नियम ? कामु सीइओ महेश प्रसाद ढकालको आफ्नै दाउ !

  • बैंकिङ संसार 
काठमाडौँ । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ३ महिनासम्म सीइओ पद रिक्त राख्न नपाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले यसरी ३ महिनाभन्दा बढी सीइओको पद रिक्त राख्नेलाई कारवाहीको चेतावनीसमेत दिने गरेको छ । तर यस्तो कानुन नेपाल राष्ट्र बैंकमा खासै पहुँच नपुगेकाहरुका लागि मात्र हो भन्ने देखिएको छ । किनकि एउटै प्रकरणमा कुनै बैंकलाई काखी च्याप्ने र कुनै बैंकलाई पेल्ने नीति राष्ट्र बैंकले लिएको हो कि भन्ने आशंका हुन थालेको छ ।

अरुले मान्नुपर्ने ग्लोबल आइएमइलाई नलाग्ने कस्तो नियम ? 
ग्लोबल आइएमइ बैंकमा जनक शर्मा पौडेलले राजीनामा दिएको ३ महिना बढी भइसकेको छ । तर बैंकमा नयाँ सीइओ नियुक्त भएका छैनन् । ३ महिनासम्म पनि महेश ढकालले नै बैंक चलाईरहेका छन् । नयाँ सीइओ नहुँदा बैंकमा थुप्रै काम लथालिङ्ग भइरहेको छ । तर ग्लोबल आइएमइ बैंकमा नयाँ सीइओ नियुक्त नहुँदा पनि नेपाल राष्ट्र बैंक बोलेको छैन । यसरी कसैलाई ऐन कसैलाई चैन गर्नु ठिक भयो र भन्ने प्रश्न उठेको छ ।

कामु सीइओको आफ्नै दाउ !
यता बैंकमा डेपुटी सीइओका रुपमा आएका कामु सीइओ भने छुट्टै दाउ कुरेर बसेका छन् । लामो समय कोहि पनि सीइओ नपाएको कारण देखाएर उनी आफैं सीइओ हुने दाउमा रहेको बैंकका कर्मचारीहरुको दावी छ । तर उनी भने यस विषयमा बुझ्न खोज्दा बैंकिङ संसार डटकमको सम्पर्कमा आएनन् । टुरिजम डेभलोपमेन्ट बैंकमा सीइओ रहेका उनी उक्त बैंक मेगासँग मर्ज भएपछि मेगा बैंक पुगेका थिए । तर उनले त्यहाँ पर्फर्मेन्स देखाउन नसकेको भन्दै बोर्ड सदस्यहरु असन्तुष्ट भएपछी उनी राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि उनलाई ढकालको नाता लगाएर ग्लोबल आइएमइ बैंकमा चन्द्र ढकालले सीइओ बनाएको आरोप पनि लाग्दै आएको छ   

प्रतिकृया दिनुहोस्