सेन्चुरी बैंकको खुद नाफा ९.०६% ले गिरावट, जगेडा कोषमा १ अर्बमाथि, अन्य महत्वपूर्ण सूचकहरूको अवस्था कस्तो ?

 century commercial bank
  • बैंकिङ संसार 
काठमाडौं - सेन्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा ९.०६% ले घटेर ६१ करोड ६ लाख ७१ हजारमा कायम भएको छ। गत वर्ष सोहि अवधिमा ६७ करोड १५ लाख २६ हजार आर्जन गरेको थियो। 

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ।  उक्त सूचाङ्कमा ४५.२६% ले वृद्धि भई १ अर्व ९७ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ । साथै गत वर्ष ९३ करोड ६६ लाख ४४ हजार रहेको सञ्चालन नाफा चैत मसान्तसम्म आइपुग्नदा ६.७५% ले घटेर ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँमा आएको छ । चैत्र मसान्त सम्म बैंकले ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी ११ रुपैयाँ १० पैसाबाट घटेर ९ रुपैयाँ ८७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।

प्रतिकृया दिनुहोस्