बैंक अफ काठमान्डू लिमिटेडको खुद नाफा २९.४५% ले बढ्यो, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी कति ?

 bank of kathmandu
  • बैंकिङ संसार 
काठमाडौं - बैंक अफ काठमान्डू (बीओके) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ । बैकको खुद नाफा २९.४५% ले बढेर १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोहि अवधिमा ९३ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो। 

यस्तै बैंकले खुद ब्याज आम्दानी ३२.६०% ले बढाएर २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि  ३०.०१% ले बढाएर १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ पुर्याएको छ। चैत्र मसान्तसम्म बैंकले ८१ अर्ब १३ करोड ५० लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब २६ करोड १५ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ३ अर्ब ६० करोड ६४ लाख ६३ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष रिजर्भमा ३ अर्ब ६१ करोड १ लाख ८५ हजार रुपैयाँ रहेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी पनि १७ रुपैयाँ ५४ पैसाबाट बढेर १९ रुपैयाँ ९२ पैसा (वार्षिक) पुगेको छ भने  प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्