नेपाल इन्भेष्टमेन्ट बैंकले १०० बराबर ३३ को अनुपातमा जेविल्स फाइनान्सलाई एक्वायर गर्ने

 nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ । बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा फाइनान्सलाई एक्वायर गर्ने भएको छ । 

फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो अनुमोदन गरेको हो । फाइनान्सको सय कित्ता सेयर हुने लगानीकर्ताले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् ।

एक्विजिसन प्रक्रियामा रहेकाले नेप्सेमा फागुन २८ गतेदेखि जेबिल्सको सेयर कारोबार रोकिएको छ ।

प्रतिकृया दिनुहोस्