महालक्ष्मी विकास बैंकको शाखा डल्लु र नयाँबजारमा विस्तार, ९३ स्थानमा पुग्यो शाखा सञ्जाल

 mahalaxmi bikash bank
  • बैंकिङ संसार
काठमाडौं - महालक्ष्मी विकास बैंकले काठमाडौँस्थित डल्लु र नयाँबजारमा शाखा विस्तार गरेको छ । आइतबार नयाँबजार शाखाको कार्यालय उद्घाटन सांसद जीवनराम श्रेष्ठले गरेका छन् ।

कार्यक्रमकै क्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए । महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।

शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।

प्रतिकृया दिनुहोस्