मुक्तिनाथ विकास बैंकको नाफा ४०.८१ प्रतिशतले बढ्यो, जगेडा कोषमा १ अर्ब ५ करोड २१ लाख ४९ हजार...!

 muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैसासमा खुद नाफा ४०.८१ प्रतिशतले वृद्धि गरी ६० करोड २० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४१.७८ प्रतिशतले बढेर ९३ करोड २४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोष ३०.७६ प्रतिशतले बढेर १ अर्ब ५ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले बढेर २६ रुपैयाँ १९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्