सिभिल बैंक लिमिटेडको १७ लाख ५३ हजार कित्ता संस्थापक सेयर लिलामीमा, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल

 civil bank
  • बैंकिङ संसार
काठमाडौं - सिभिल बैंक लिमिटेडले बिहीबार (आज) देखि १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । लगानीकर्ताले उक्त लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर जेठ ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सक्नेछन्।  लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

यस लिलामीमा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंलाई तोकिएको छ। 


प्रतिकृया दिनुहोस्