एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने

nic asia bank
  • बैंकिङ संसार
काठमाडौं - एनआईसी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने चएका छन् । बैंक र अस्पतालबीच यस सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् । हाल बैंकको ग्राहक संख्या करिब १६ लाख रहेको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस्