साना किसान विकास लघुवित्तको नाफा २४.२६ प्रतिशतले बढ्दा कति छ जगेडा कोष र प्रतिसेयर आम्दानी ?

 sana kisan bikash laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा २४.२६% ले बढाएर ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले २७ करोड ८४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी २२.८३% ले बढेर ६५ करोड ४० लाख ९५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि गत वर्षको तुलनामा २७.६१% ले बढेर ५४ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुगेको  छ । चैत मसान्त सम्ममा १६ अर्ब ४६ रोड ५० लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १९ अर्ब ७ करोड ६९ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ छ । यस अवधिमा जगेडा कोष २१.७१% ले बढाएर १ अर्ब ५२ करोड ९२ लाख ७० हजार रुपैयाँ पुर्याएको सफल भएको छ । गत वर्ष यसले जगेडा कोषमा १ अर्ब २५ करोड ६४ लाख ८६ हजार रुपैयाँ राखेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी भने ३५ पैसाले घटेर ५८ रुपैयाँ ६९ पैसा पुगेको छ । गत वर्ष संस्थाको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ४ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्