ज्योति विकास बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन बीमा सेवा पाइने

 jyoti bikash bank
  • बैंकिङ संसार
काठमाडौँ - ज्योति विकास बैंक लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवम् अभिकर्ता तथा बीमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच सम्झौता भएको हो। 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्