इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल !

 infinity laghubitta
  • बैंकिङ संसार
काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण सेयर (आइपीओ) आउने भएको छ । जसमा कम्पनीले ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारण लगानस्कर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । 

उक्त आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । साथै यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ । यो आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ । 

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५ प्रतिशत रकम बराबरको सेयर बिक्री गर्न लागेको हो । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।

प्रतिकृया दिनुहोस्